Baglung Welfare Society द्वारा रक्तदान कार्यक्रम सम्पन्न।
October 7,2023 शनिवारको दिन न्युयोर्कको उडसाईड एभेन्यूमा रहेको सत्यनारायण मन्दिरको हलमा बाग्लुङ सेवा समाज अमेरिकाले NRNA USA, बलेवा समाज अमेरिका, पर्बत सेवा समाज न्यु योर्क, तमु परिवार न्यु योर्क, सुदुरपश्चिम समाज अमेरिका, गोरखा समाज न्यु योर्क, हामि नेपाली ग्लोबल न्यु योर्क, जी.पी कोइराला फाउनडेशन, लाइन्स क्लब अफ क्विन्स बुद्द र जमैका नेपालि समाजको सहकार्य र ब्लड सेन्टरको प्राबिधिक सहयोगमा रक्तदान (BLOOD DRIVE) कार्यक्रम सम्पन्न गरेको छ ।“ रक्त दान नै जीवनदान भन्ने मूल नाराको साथ् बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म संचालन भएको त्यस रक्तदान कार्यक्रमा क्विन्समा बसोबास गर्ने नेपालि दाजु भाइ दिदि बहिनि लगायत अन्य सबै गरि ४२ जनाले त्यहाँ उपस्थित भई रक्तदान गर्नु भएको थियो | त्यस कार्यक्रमको संयोजक भूमिकामा संस्थाको बरिष्ठ उपाध्यक्ष श्री मीन खड्का रहनु भएको र कार्यक्रमलाइ सफल बनाउनमा सस्थाको सबै प्रतिनितिहरु खटेर लाग्नु भएको थियो | रक्तदान गर्नु भएका रक्तदाताहरु सम्पूर्णलाई प्रमाण पत्र लउपलब्ध गराइएको थियो |त्यस्तै गरि त्यस कार्यक्रममा सहकार्य गरेका संघ सस्थाहरुलाई समेत प्रमाण पत्र लउपलब्ध गराइएको थियो ।















