बिजय दशमी २०७९ को अवसरमा मिति २०२२ अक्टुबर ०९, पुर्णिमाकों दिन ज्याक्सन हाइटमा रहेको शेर्पा केदुकको हलमा बाग्लुङसेवा समाज अमेरिकाले दशैँ टिका तथा जमरा ग्रहण र शुभकामना आदान प्रदान साथै सास्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रमसभ्य र भब्यरुपमा सफल गरेको छ । बाग्लुङ सेवा समाज अमेरिकाको अध्यक्ष श्री सकस बहादुर घर्ति क्षेत्रीको सभापतित्वमा संचालितत्यस कार्यक्रमको संचालन महासचिब श्री कृष्ण राज सुबेदी (क्रिस) बाट भएको थियो | सो कार्यक्रममा बाग्लुङ सेवा समाज अमेरिकाकी महिला संयोजक चमेली खाती परिवार र सह-सयोजक – हिरा देवी भट्टराईले शुभ कामना बक्तब्य दिनु भएको थियो | सो दशैँ टिकातथा जमरा ग्रहण र शुभकामना आदान प्रदान कार्यक्रममा बाग्लुङ जन्म थलो भई अमेरिकामा बसोबास गर्ने बाग्लुंगे, पर्वते ,म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको र त्यस कार्यक्रममा निशा सुनार, तिलक बम मल्ल र बिमल डाँगी जस्ता राष्ट्रियस्तरकाकलाकार ले कार्यक्रमलाई मनोरंजन दिनु भयको थियो । यस कार्यक्रम मा न्यु योर्क का बिभिन्न संघ सस्था का पधाधीकारी लगायत समाज सेवी हरू ले शुभकामना दिनु भयको थियो।















