बाग्लुङ सेवा समाज अमेरिका बिजय दशमी बि,स २०८० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान, टिका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न ।
मिति अक्टुबर २८, २०२३ कों दिन न्युयोर्कको ७५-१५ उड्साइड एभेन्यु, क्विन्समा रहेको सत्य नारायण मन्दिरमा बाग्लुङ सेवा समाज अमेरिकाले नेपालीहरुको महान चाड बिजय दशमी बि,स २०८० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान, टिका तथा जमरा ग्रहण र सास्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सभ्य र भब्यरुपमा सफल गरेको छ । बाग्लुङ सेवा समाज अमेरिकाको अध्यक्ष श्री सकस बहादुर घर्ति क्षेत्रीको सभापतित्वमा संचालित त्यस कार्यक्रमको प्रमुख अतिथिमा महाबाणिज्यदुत श्री बिष्णु प्रसाद गौतम रहनु भएको थियो ।सो कार्यक्रमको संचालन महासचिब श्री कृष्ण राज सुबेदी (क्रिस) बाट भएको थियो । त्यस कार्यक्रममा बाग्लुङ सेवा समाज अमेरिकाको सचिब श्री दिपु श्रीस र महिला संयोजक चमेली खाती परियारले शुभ कामना मन्तब्य दिनुको साथै महाबाणिज्यदुत श्री बिष्णु प्रसाद गौतम, एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्साल, आरसि. एनआरएनए अमेरिका श्री आङ छिरिङ शेर्पा, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, म्याग्दी समाज न्युयोर्कका अध्यक्ष ,नेपाल अमेरिकन कलाकार संघको अध्यक्ष निशा सुनार लगायतले बिजया दशैको महत्व बारेमा बोल्नु भएको थियो | सो बिजय दशमी बि,स २०८० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान, टिका तथा जमरा ग्रहण कार्यक्रममा बाग्लुङ जन्म थलो भई अमेरिकामा बसोबास गर्ने बाग्लुंगे,पर्वते र म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको र न्युयोर्कमा रहेका संघ सस्थाहरुको प्रतिनिधिहरु, कलाकार, पत्रकार सबैको राम्रो उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा कलाकार दिलिप श्रीस, बिना कुमारी छन्त्यालको साथमा बाग्लुङ सेवा समाज अमेरिकाको महिला संयोजक चमेली खाती परियारले कार्यक्रमलाई मनोरंजन दिई आउनु भएको थियो ।सो कार्यक्रममा नौमती बाजा समुह लगायत अन्य सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।






















