बाग्लुङ् सेवा समाज अमेरिकाले यहि मिति ०२ अप्रिल,२०२३ को दिन न्युयोर्कको ब्रुक्लिनमा रहेको हाइल्याण्ड पार्कमा चैते दशैँ तथा आउदै गरेको नयाँ वर्ष वि. स. २०८० को उपलक्ष्यमा चैते दशैँ मेला, साँस्कृतिक कार्यक्रम एवम् विविध खेलकुदको आयोजनागरि कार्यक्रम सभ्य, भव्य र सफल रुपमा सु-सम्पन्न गरेको छ।

बाग्लुङ्ग सेवा समाज अमेरिकाका अध्यक्ष सकस बहादुर घर्ती क्षेत्री, वरिष्ठ उपाध्यक्ष मीन खड्का, महासचिव कृष्ण राज सुवेदी (कृष), महिला संयोजक चमेली खाती परियार, महिला सह-संयोजक हिरा देवी भट्टराईले लगायतले उक्त चैते दशैँ मेला तथा नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका थिए।

कार्यक्रममा बाग्लुङजन्मथलो भइ अमेरिकामा बसोबास गरिरहेका बाग्लुङ्गे लगायत अमेरिका मा बसोबास गरर्नु हुने नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। साथै न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु, विभिन्न कलाकारहरु एवम् पत्रकारहरुको पनि उपस्थिति रहेकोथियो ।

रमाइलो र भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा पञ्चेबाजाका साथमा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, कलाकारतथा जादुगर महादेव त्रिपाठी, पार्कर (Parkour) मा १७ पटक गिनिज वर्ल्ड रेकर्ड (Guinness world record) राखेका दिनेश सुनुवार जस्ता राष्ट्रिय स्तरका कलाकारहरुले कार्यक्रममा मनोरञ्जन प्रदान गर्नु साथै समाज को सह महीला संयोजक हिरा देबी भट्टराईबाट बाग्लुगे थाली नाच देखाउनु भयको थियो।

साँस्कृतिक कार्यक्रमका साथसाथै भलिबल, छेलो (ठेलो) फाल्ने र लट्ठो तान्ने खेलको पनि प्रतिस्पर्धा भएकोमा बाग्लुग कालीका समुहले भलिबल जित्नुका साथै छेलो (ठेलो) फाल्ने खेल विकास जिसीले र लट्ठोमा नौमती पञ्चेबाजा समूह बिजयी हुनु भयो।

Leave a comment

Your email address will not be published. Required fields are marked *